भागेश्वरमा कांग्रेस विजयी, एमाले र माओवादी शुन्य

सेयर गर्नुहोस्

काठमाडौं- डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेदवार हेमराज चटौत २ हजार ३११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर शाहीलाई भारी मतका साथ पराजित गरेका हुन्। शाहीले १ हजार ७८ मत ल्याएका छन्। उनी चटौतसँग १ हजार २३३ मतान्तरले पराजित भएका हुन्।

यस्तै उपप्रमुखमा कांग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन्। कांग्रेसकी ठकुराठीले २ हजार ३४८ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याउन सकिन्। उनीहरूबीच १ हजार ५१६ मतको मतान्तर रहेको छ।
पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणीकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए।

वडा नम्बर २ मा कांग्रेसका उपेन्द्र जोरा २७० मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मीनबहादुर बोहराले १९२ मत पाएका थिए। वडा नम्बर ३ मा डम्बरराज जोशी ८७६ मतका साथ विजयी भएका छन्। उनले एमालेका खडकसिं भाटलाई पराजित गरेका हुन्। भाटको २४५ मत रहेको छ।

वडा नम्बर ४ र ५ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ४ मा कांग्रेसका वसन्तराज चटौत ६४४ मतका साथ विजयी हुँदा एमालेका देवराज भट्टले ३७८ मत ल्याएका थिए। वडा नम्बर ५ मा कांग्रेसका नरेन्द्र थापा विजयी भएका छन्। उनले २७६ मत प्राप्त गरेका छन्। र, एमालेका गोविन्द नाथ १४२ मत प्राप्त गर्दै पराजित भए।

(Visited 72 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *