रूखबाट लडेर घाईते भएकी युवतीको उपचारका क्रममा मृत्यु

सेयर गर्नुहोस्

कञ्चनपुर । कञ्चनपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

रुखबाट लडेर घाईते भएकी महाकाली नगरपालिका वडा नम्बर १० बाबाथानकी ३० वर्षीया गन्ना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले रुखबाठ लडेर घाईते भएकी रोकायाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।
 

(Visited 67 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *