उपचारका लागि घाईते सारति थलाल लाई आर्थिक सहयोग

सेयर गर्नुहोस्

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका –४ की सारती थलालको उपचारका लागि युवाहरुले रकम संकलन गरी आज रकम हस्तान्तरण गरेका छन्।

रुखबाट खसेर घाइते भई डडेल्धुरा अस्पताल उपचाररत उनलाई नेपाल विद्यार्थी संघ डडेल्धुराका सदस्य रमेश ऐर र अमर भाटले विभिन्न सहयोगी दाताबाट रकम संकलन गरी हस्तान्तरण गरेका हुन।

संकलित १६ हजार ५ सय ६० नगद सारतीका देवर रतन थलाललाई हस्तान्तरण गरेको अमर भाटले बताए। ‘उपचारका लागि आर्थिक अभाव भएको भन्ने खबर पाएपछि विभिन्न सहयोगीसँग सहयोग माग्दा आधा घण्टामा उक्त रकम संकलन भयो।

त्यसपछि अस्पतालमै गएर बिरामीका देवरलाई रकम बुझाएका छौं’ उनले भने।उपचारका लागि अझै रकम अभाव भए पुनः अभियान चलाउने रमेश एरको भनाइ छ ।

(Visited 110 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *