डडेल्धुरामा खोलामा एक पुरुष मृत भेटिए

सेयर गर्नुहोस्

डडेल्धुरा-  जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ रडुवा खोलामा एक जना पुरुष मृत अवस्थामा भेटिएको छ ।
गन्यापधुरा वडा नं. २ मेलमुडाका अन्दाजी ४८ वर्षीय मान बहादुर बोहरा रडुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज विहान घरबाट नुहाउन खोलामा गएको र १/२ घण्टासम्म घरमा नआएपछि खोज्दै जादा मृत भेटिएको आफन्तहरुको भनाई रहेको छ ।
प्रहरी टोलि घटनास्थल पुगी अनुसन्धान कार्य अगाढी बढाएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

(Visited 169 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *