कञ्चनपुरको बतासे झर्नामा पर्यटकको भीड

सेयर गर्नुहोस्

कञ्चनपुर । पछिल्लो समय लकडाउन हटेसगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा  रहेको बतासे झर्नामा भीड लाग्ने गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन फैलिरहेको भएपनि कञ्चनपुरका बिभिन्न  पिकनिक स्पटमा भने नागरिकहरुको भीड देखिने गरेको छ ।

सार्वजनिक बिदाका दिनमा बढी जसो भीड देखिने गरेको छ ।  सनिवार पनि बतासे झर्नामा पर्यटकको भिड लागेको थियो । सनिवारका दिन अनुमतिसमेत नलिएर बतासे झर्ना गएका पाँचवटा सरकारी मोटरसाईकललाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

बतासे झर्ना घुम्न पुगेका कर्मचारीले पास बिना मोटरसाईकल प्रयोग गरेको भेट्टाईएपछि ईलाका प्रहरी कार्यालय झलारीले बेलौरी नगरपालिकाका तीनवटा र नेपाल आयल निगम धनगढीका दुई सहित पाँच वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाले बताए ।

बेलौरी नगरपालिकाको म १ व २८०, १९० र सु.प.प्र–०२–००१–व ५६८ नम्बरको मोटरसाईकल र आयल निगम धनगढीका से १ म ८७ नम्बर र से १ म ८५ नम्बरका दुईवटा नियन्त्रणमा लिइएको उनले बताए ।

आइतबार सबै मोटरसाईकललाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बुझाउन प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भएको ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । 

(Visited 237 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *