डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना

सेयर गर्नुहोस्

डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा  गरिएको परीक्षणमा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कूल १ सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिलागरी ४ जना, डोटीकै केआईसिँह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो। 

(Visited 132 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *