नेपाल किसान संघ कञ्चनपुरले ६९ औ स्थापना दिवस मनायो

सेयर गर्नुहोस्

जय  बहादुर ऐर / झलारी-नेपाली कांग्रेसको मातृ संघ नेपाल किसान संघ कञ्चनपुरले आफ्नो ६९औ स्थापना दिवस मनाएको छ । संघको जिल्ला कार्यसमितिको आयोजनामा वेतकोट नगरपालिकाको ७ रौटेलामा विविध कार्यक्रम गरि दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा रौटेला वृद्वाश्रममा रहेका वृद्ध वृद्धालाई फलफुल वितरण गरिएको नेपाल किसान संघका जिल्ला सचिव करन सिंह ऐरले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुरका सभापति हरि प्रसाद बोहराले किसान संघको स्थापना जटिल अवस्थामा हुदा पनि संघले किसानका आवाज वुलन्द गरेको थियो ।

भूमि सुधारको मुद्वा उठान गर्दा तत्कालीन सरकारले संघलाई नै प्रतिवन्घ लगाएको थियो । नेपाल किसान संघले निरन्तर किसानका पक्षमा आवाज उठान गर्दा नै कृषि क्षेत्रमा केही आशाका किरण देखिएको नेता बोहराले बताए ।

उनले भने देश कोरोना महामारीको चपेटामा परेका बेला मुलुकलाई खाद्य संकटबाट जोगाउन नेपाली किसानकै उत्पादनले हाम्रो साख जोगायो । अब वैदेशिक रोजगारीबाट फर्केका युवालाई समेत कृषि क्षेत्रमा जोड्नु नै अहिलेको आवश्यकता रहेको कताउदै जिल्ला सभापति बोहराले भने देशमा दुई तिहाईको सरकार छ, किसानलाई मल उपलव्ध  गराउन सक्दैन कहि कतैबाट एक कठ्ठा मल ल्याउदा अवैधानिक भनेर किसानलाई कार्वाही गर्नु चिन्ताजनक रहेको नेता बोहराले बताए ।

नेपाल किसान संघका केन्द्रिय सदस्य शेर वहादुर साउदले कृषक र कृषि क्षेत्रको विकास विना देशको समृद्धिको कल्पना गर्न नसकिने भन्दै माहामानव वि.पि.ले २००८ सालमा नेपाल किसान संघको स्थापना गरेको थियो ।

कृषि क्षेत्रमा आमुल परिवर्तन विकासको लागि किसान आयोगमा भानु सिंह सिग्देल लगायतको भुमिका अविश्मणीय रहेको नेता साउदले बताए । कार्यक्रममा नेपाल किसान संघका केन्द्रिय सदस्य नारायण पन्तले कृषि क्षेत्र सम्भावना बोकेको क्षेत्र भएकाले कृषकको धेरै ठुलो सघर्सले नै यो पेसा सम्मानित बन्न पुगेको उनले बताए ।

कृषि क्षेत्रका नक्कली किसान विचौलियाका कारण सोचे जति विकास हुन नसकेको नेता पन्तले बताए । नेपाल किसान संघका जिल्ला सभापति भैरव सिंह ऐरको सभापतित्वमा संचालित कार्यक्रममा स्वागत मन्तव्य उपसभापति मान सिंह भण्डारी गरेका थिए । कार्यक्रममा संघका सह–सचिव खेमराज ऐरी ने.का.वेतकोट सभापति पुष्पराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।

(Visited 286 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *