मुक्त हलियालाई शनिबार राहत सामग्री वितरण

सेयर गर्नुहोस्

महेन्द्रनगर – मुक्त हलियालाई शनिबार राहत सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम गरी राहत वितरण गरिएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपु र राष्ट्रिय हलिया महासंघको आयोजनामा गरिएको राहत वितरण कार्यक्रममा शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका गरी ४५ जना मुक्त हलियालाई राहत सामग्री वितरण गरिएको हो ।

राहत सामग्रीमा चामल ३० किलो, दाल चार किलो नुन दुई किलो, चिनी दुई किलो र सावुन तीन वटाका दरले वितरण गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताए ।

मजदुरी गरी साँझ विहानको छाक टार्ने मुक्त हलिया परिवारलाई राहत वितरणको कार्य गरिएको उनको भनाई रहेको छ ।
यस अघि समेत मुक्त हलिया परिवारलाई समाज र महासंघको पहलमा राहत सामग्री वितरणको कार्य गरिएको थियो ।

(Visited 40 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *