पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेयर गर्नुहोस्

काठमाडौं- पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३र३ जना थपिएका छन् ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *