बझाङमा आफ्नै नाति द्वारा ८० बर्षिया बजैको हत्या

सेयर गर्नुहोस्

बझाङ — बझाङको दुर्गाथली गाउँपालिका – ५ घर
भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २१ का सुभाष जप्रेलले आफ्नै बज्यै ८० बर्षकी रिठी जप्रेलको हत्या गरेको स्थानीयले बताएका छन् ।
आफ्नै नातीले मारेको प्रहरीलाई भने पछि अपराधि अहिले प्रहरीको नियन्त्रणमा रहि जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्काले बताए ।
सदरमुकाम चैनपुरबाट घटना स्थल टाढा भएको कारण पुरा जानकारी आउन बाकि छ प्रहरी टोली घटना स्थल पुगेर थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सो स्थानमा फोनको टावरले राम्रो संग काम नगर्ने भए पछि घटनाको थप विवरण आउन समस्या भएको छ ।

(Visited 100 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *