एकै दिन विश्वमा २ लाख ७८ हजार कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस्

काठमाडौं । शुक्रबार विश्वमा २ लाख ७८ हजार २९१ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार २ लाख ५९ हजार ३४४ कोरोना संक्रमित थपिएका थिए ।  

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।  

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *