‘चरी जेलैमा’लाई १३ दिनमै एक करोड भ्यूज

सेयर गर्नुहोस्

लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो ।
योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । यसअघि सबैभन्दा छोटो समय ९१५ दिनमा प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।
शिव बि क को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।
गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको मन जितेको छ । गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेपछि भिडियोका कोरियोग्राफर शिव बि।क।ले दर्शकलाई धन्यवाद दिदै खुशी साटेका छन् ।
शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन छ । यसअघि बिष्णु माझीका आधा दर्जन गीतहरु करोड क्लवमा प्रवेश गरेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिप–छिपे पानीमा लेउ’, ‘पीँडाल’ विष्णुका यसअघि करोड बढी हेरिएका गीतहरु हुन् ।

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *