फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने

सेयर गर्नुहोस्

काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ ।

इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । अंग्रेजीमा भन्दा आफ्नै बोलीचालीको भाषा प्रयोग गर्दा साथीहरुसँग गफिन तथा आफ्ना मनका कुरा अभिव्यक्त गर्न सहज हुन्छ ।

फेसबुक तथा इन्स्टाग्राम चलाउनेमध्ये धेरैलाई यसको भाषा कसरी परिवर्तन गर्ने भन्ने थाहा नै होला । तर यदि तपाइँलाई यी सोसल मिडिया प्लाटफर्महरुको भाषा नेपाल कसरी बनाउने भन्ने थाहा छैन भने यहाँ दिइएको उपाय अबलम्बन गर्न सक्नुहुन्छ । तपाइँले बुझ्नैपर्ने कुरा के हो भने फेसबुक वा इन्स्टाग्राममा भाषा परिवर्तन गर्दा तपाईँको कम्प्युटर, फोन वा अन्य डिभाइसको भाषा भने परिवर्तन हुँदैन ।

एन्ड्रोइड फोनको फेसबुक एपमा भाषा प्रयोग गर्ने तरिका

फेसबुक एप खोल्नुहोस्
दायाँतर्फको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।
त्यसको मुनिपट्टी रहेको ‘सेटिङ्स एण्ड प्राइभेसी’ अप्सनमा थिच्नुहोस् ।
त्यसमा आउने सेटिङ्स अप्सनमा गएपछि त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ भन्ने अप्सनमा जानुहोस् त्यसपछि तपाईँलाई फेसबुकमा कुन प्रयोजनको लागि कुन भाषा राख्ने भन्ने अप्सन आउँछ । त्यसमा गएर नेपाली वा आफूलाई इच्छा लागेको भाषा छनोट गर्न सकिन्छ ।
आईओएस फोनको फेसबुक एपमा भाषा प्रयोग गर्ने तरिका

आईफोनमा फेसबुक एप खोल्नुहोस् ।
दायाँतर्फको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।
त्यसपछि आउने अप्सनमध्ये ‘सेटिङ्स एण्ड प्राइभेसी’ मा जानुहोस् ।
त्यसपछि ‘एप ल्याङ्ग्वेजेज’मा जानुहोस् ।
यसको लागि अब आईफोनले डिभाइस सेटिङ्समा लैजान्छ । यहाँ तपाईँले फेसबुक एपको लागि इच्छा लागेको भाषा छान्न सक्नुहुन्छ ।
ब्राउजरबाट फेसबुकको भाषा परिवर्तन गर्ने तरिका

फेसबुक खोलेपछि दायाँ खण्डको माथिपट्टि रहेका आइकन मध्ये सबैभन्दा दायाँ भागमा रहेको तलपट्टि फर्किएको ‘ब्चचयध’ चिन्हमा थिच्नुहोस् ।
‘सेटिङ्स एण्ड प्राइभेसी’मा क्लिक गर्नुहोस् ।
त्यसपछि आउने सेटिङ्समा जानुहोस् ।
त्यसपछि ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ अप्सनमा जानुहोस् ।
फेसबुक ल्याङ्ग्वेजेज सेक्सनमा रहेको ‘इडिट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
अब तपाईँले आफूलाई इच्छा लागेको भाषा छान्न सक्नुहुन्छ र त्यसपछि सेभ चेन्ज भन्ने अप्सनमा थिच्नुहोस् ।
एन्ड्रोइड तथा आईओएसमा इन्स्टाग्रामको भाषा परिवर्तन गर्ने तरिका

एन्ड्रोइड वा आईफोनमा इन्स्टाग्राम एप खोल्नुहोस्
दायाँ साइडको तलपट्टि रहेको प्रोफाइल आइकनमा जानुहोस् ।
दायाँ साइडको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।
एजेन्सीको सहयोगमा

(Visited 78 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *