नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाउने एक ज्योतिष जेल चलान

सेयर गर्नुहोस्

काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस्तै क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए ।

त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् । गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए ।

बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।

क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *