काेराेना नियन्त्रणमा मात्र सिगासकाे सत्रि लाख भन्दा बढि खर्च

सेयर गर्नुहोस्

टेक सिंह धामी/बैतडी -जिल्लाको सिगास गाउँपालिकाले कोराना महामारी कोभिड १९ नियन्त्रणमा रू.७० लाख बढी खर्च गरेको जनाएको छ।

गाउँपालिकाले आईसोलेशन निर्माण तथा ब्यबस्थापन मा रू.४ लाख ९० हजार ,औषधि खरीद, स्वास्थ्य सुुरक्षा सामग्री, जोखिम भत्ता, क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा रू.७० लाख ९० हजार खर्च गरेको गाउँपालिकाको कार्यालय ले जनाएको छ।

औषधि खरीदमा रू. ९ लाख, स्वास्थ्य सुरक्षा सामग्री खरीदमा रू.८ लाख, आरडीटी र पीसीआर किट खरीदमा रू.३ लाख, जोखिम भत्ता खरीदमा रू. ६ लाख र क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा रू.४० लाख खर्च गरिएको छ ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *