कञ्चनपुरमा पौने ३ लाख बराबरको चिनी बरामद

सेयर गर्नुहोस्

कञ्चनपुर,१४ साउन । कञ्चनपुरमा पौने ३ लाख बराबरको चिनी बरामद गरिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरेको हो ।

४२ क्वीन्टल चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *