सुदूरपश्चिममा साउन १३ गते देखि कोरोना विरुद्धको खोप लगाइने

सेयर गर्नुहोस्

सुदूरपश्चिम प्रदेशमा साउन १३ गते अर्थात (भोली)देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। प्रदेशका ३ लाख ३५ हजार २ सय नागरिकलाई खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र अनुसार प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाइने भएको हो। भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाने छ।

यस्तै जोनोसेन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख पदम बिष्टले सबै जिल्लामा खोप वितरणको काम जारी रहेको बताए। उनले कञ्चनपुर, डडेल्धुराका लागि खोप गएको बताए। डोटी र अछामका लागि खोप पठाउन तयारी थालिएको निमित्त प्रमुख विष्टले बताए।

प्रदेशका सबै जिल्लामा चाँडो खोप पुगाउने गरि काम थालिएको स्वास्थ्य सेवा निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। स्वास्थ्य सेवा विभागले प्रदेशका लागि १ लाख ३६ हजार ८ सय डोज जोनसोन र एक लाख ९८ हजार ४ सय डोज भेरोसेल पठाएको छ।

No description available.

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *