कृष्णपुर नगरपालिका -२ को वडा कार्यालय भवन उद्घाटन

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर- २ मा नवनिर्मित वडा कार्यालय भवनको बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले वडाको आफ्नै भवन भएसंगै अब जनताले छिटो छरितो,सहज रुपमा सेवा पाउने बताए । सिंहदरवारका कुरा गाउँघरमा स्थापित गर्न र वडा सरकारको रुपमा वडावासीहरुलाई सवै सेवा सुविधाहरु सर्वसुलभ,पारदर्शी ढंगले प्रदान गर्न आफुहरुलाई प्रशासनिक भवनको आवश्यकता रहेको जानकारी दिदै नगरप्रमुख हमालले भने,”सोही अनुरुप वडा नम्बर २ मा प्रशासनिक भवन निर्माण कार्य समपन्न भएको छ,अब जनताले चुस्तदुरुस्त तवरले सहज रुपमा सेवा पाउने कुरामा दुई मत छैन”।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख हमालले सम्पुर्ण सेवा केन्द्र समावेश हुने गरी उक्त भवन निर्माण गरिएको जानकारी दिए । साथै उनले जनताका आवश्यकताहरु असिमित र ती आवश्यकता परिपुर्ती गर्ने श्रोत साधन सिमित भएकाले यो चार वर्षको अवधिमा अपेक्षित रुपमा काम गर्न नसकिएको बताए । नगरकै गौरवको योजनाका रुपमा वडा नम्बर २ मा नगर उद्यान पार्क निर्माण गरिरहेको जानकारी दिए । यस्तै नगर प्रमुख हमालले कृष्णपुर नगरपालिकाभित्र रहेका ९ ओटा वडाहरुमध्ये ६ ओटा वडाहरुको भवन निर्माण समपन्न भइसकेको र बाँकी रहेका ६,८ र ९ नम्बर वडा गरी ३ ओटा वडाहरुको भवन निर्माणको क्रममा रहेका जानकारी दिए ।

यस्तै नगर प्रमुख हमालले विकास निर्माणका लागि हामी सवै संगसंगै जानुको विकल्प नभएको बताए ।”अब गाउँ,समाज,वडा हुँदै समग्र नगरको हर तवरबाट विकास गर्नका लागि हामी यो पार्टी,त्यो पार्टी भन्दा पनि सवै जना हातेमालो गर्दै अगाडी बढ्नुपर्छ,यसको विकल्प छैन,नगर प्रमुख हमालले भने,त्यसका लागि नगरपालिका सदैव प्रतिवद्ध नै छ” ।

यसैगरी कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख रमिता राना वडायकले हरेक क्षेत्रको विकास गर्दा राजनीतिक रुपमा विरोध हुने परिपाटीको अन्त्य हुनुपर्ने बताइन् । साथै उनले विरोधका कारणले नै निर्माण सम्पन्न गर्न बाँकी रहेका वडाहरु समयमै सम्पन्न हुन नसकेकोे जानकारी दिइन् । साथै नगर उपप्रमुख रानाले आफुहरु जनताको प्रतिनिधि भएकाले जनताको हकहितका लागि सदैव लागि रहने बताइन् । उनले भनिन्,”हामीहरु जनताको प्रतिनिधि हो,जनताविना हामीहरुको कुनै अर्थ छैन,त्यसकारण जनताका मागहरु वमोजिम अगाडी बढ्नुपर्छ,जसमा हामी लागि परेका छौं” ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य लोकेन्द्र पन्तले वडा कार्यालयको भवन निर्माण गर्नमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । फरक प्रसंगमा पन्तले जनप्रतिनिधिहरुले चुनावी दौरानमा बोलेका बाचाहरु पुरा भए,नभएको हेनुपर्ने समय आएको बताए । नेकपा माओवादी केन्द्रका प्रतिनिधि अर्जुन साउँदले गाउँ,वडा,नगरलाई विकासको पथमा अगाडी बढाउन यो वा त्यो पार्टी नभनिकन सम्पुर्ण एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । यस्तै उदय माध्यमिक विद्यालय बंकका प्रधानाध्यापक भवराज निरौलाले वडाको आफ्नै भवन निर्माण भइसकेकाले वडाले जनतालाई राम्रो तवरले सेवा दिनेमा आफु आशावादी रहेको बताए ।

कार्यक्रमको समापन गर्दै कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीले दृढ इच्छा शक्तिका साथ अगाडी बढे कुनै पनि काम गर्दा अप्ठ्यारो नपर्ने बतनाए । साथै वडाध्यक्ष जोशीले जनतालाई कसरी आयआर्जनतर्फ लैजाने भन्ने आफुहरुको प्राथमिकताको विषय रहेको जानकारी दिए । यस्तै उनले कृषि क्षेत्रमा किसानहरुलाई आकर्षित गर्नका लागि वडाले किसानहरुलाई अनुदान दिइरहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य काशीराम जैशीले राखेका थिए ।

वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहेका थिए । उपप्रमुख रमिता राना वडायक,नेकपा एमाले जिल्ला कमिटि सदस्य लोकेन्द्र पन्त,माओवादीका प्रतिनिधि अर्जुन साउँद लगायतअन्य अतिथि रहेका थिए ।समाजसेवी, शिक्षक,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो भने, कार्यक्रमको सञ्चालन गणेश ऐरीले गरेका थिए ।

वडा कार्यालय भवन निर्माण गर्न २०७६ मंसिर १५ गते रश्मी विल्डर्स कञ्चनपुर संग सम्झौता भएको थियो । कुल १ करोड १२ लाख ३७ हजार १६७ रुपैँयामा उक्त वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । रश्मी विल्डर्स निर्माण व्यवसायी कञ्चनपुरका प्रोप्राइटर शक्ति विष्ट पन्तले नवनिर्मित वडा कार्यालय भवनको चाबी वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीलाई हस्तान्तरण गरेकी थिइन् ।रश्मी विल्डर्सले निर्धारित अवधीभन्दा ३ महिना ढिलो गरी भवन हस्तान्तरण गरेको हो ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares