देउवा गृह जिल्लामा अधिवेशनकाे माहोल तात्दाे: दुई उमेदवारले गरे घाेषणा

दिपकराज भट्ट (डडेल्धुरा) – नेपाली काङ्ग्रेसकाे १औं महादिवेसन र साताै जिल्ला अधिवेशन काे दाैरानमा प्रधानमन्त्री एवंम पार्टि सभापति शेर बहादुर देउवाकाे गृह जिल्ला डडेल्धुरामा माहुल तातेकाे छ ।
डडेल्धुरा जिल्ला लाई अधिवेशनकाे मुख्य अकर्षणकाे रुपमा हेरिएकाे छ । डडेल्धुरा अहिले काङ्ग्रेस तीन गुटमा विभाजन भएकाे देखिन्छ । जिल्ला अधिवेशनका दाैरानमा जिल्ला सभापतिकाे उमेदवारिमा दुई उमेदवारले औपचारिक रुपमै घाेषणा गरिसकेका छन् । उसाे त अर्का सभापति पदका दावेदार जिल्ला पार्टि सभापति कर्ण गुटका करुणाकर पनि रहेकाे चर्काचर्कि छ ।
काे हुन त अाैपचारिक रुपमै उमेदवारि घाेषणा गर्ने उमेदवार –
१)भीम बहादुर साउद – भीम बहादुर साउद डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिकाका मेयर समेत रहेका छन् । साउदले ७ औं जिल्ला अधिवेशनका लागि जिल्ला सभापति पदमा उमेदवारि घाेषणा गरिसकेका छन् । श्रावण १गते पत्रकार सम्मेलन गरेर उमेदवारि घेषणा गरिसकेका छन् ।

२) हरिप्रसाद भट्ट – हरिप्रसाद भट्ट २०४७ सालमा बैतडीको पाटन क्याम्पसमा आई. एल पढ्दा नेबिसंघ क्याम्पस इकाईको अध्यक्ष हुँदै २०५३ मा क्षेत्रिय प्रतिनिधि,२०५७ मा अमरगढी नगरसभापति,२०६२ मा महाधिवेशन प्रतिनिधि,२०६७ मा महासमिति सदस्य,२०७२ मा महाधिवेशन प्रतिनिधि भई सकेका छन् ।
भट्ट आज पत्रकार सम्मेलन गरेर आफ्नाे उमेदवारी घाेषणा गरेका छन् ।
भट्ट भन्छन् मेराे उमेदवारि किन त ?
१) “नेपाली कांग्रेस डडेल्धुरालाई एक डिक्का गर्न र मजबुद कांग्रेसको निर्माण गर्न ।
२) नेपाली कांग्रेस डडेल्धुराको सबलिकरण गर्न ।
३) डडेल्धुराका ७ बटै पालिकामा कांग्रेसको ससक्त उपस्थिति गराउन ।
४) भातृ, सुभेच्छुक तथा सुभचिन्तक संघसंगठन र संस्थाहरुलाई ससक्त र चलायमान बनाउन ।
५)पछाडि परेका र पारिएका पार्टिका नेता र कार्यकर्ताहरुको उच्च सम्मान गर्दै उचित जिम्मेबारी र सम्मान दिन ।
६) नेपाली कांगे्रस पार्टि, भातृ, सुभेच्छुक तथा सुभचिन्तक संघसंगठन र संस्थाहरुमा आबद्ध ब्यक्तिहरुलाई संगठन प्रति संगठित गराउन र ससक्त बनाउन ।
७) पार्टि संस्था र संगठनमा आबद्ध ब्यक्तिहरुलाई योग्यता र क्षमता अनुसारको जिम्मेबारी दिन ।
८) आगामि स्थानिय निकायको निर्बाचनमा डडेल्धुराका ७ बटै पालिकामा नेपाली कांग्रेसलाई बिजयि गराउन ।
९) आगामि प्रदेश र संघको निर्बाचनमा नेपाली कांग्रेसका उमेदबारलाई बिजयि गराउन ।
१०) नेपाली कांग्रेसलाई सिमित ब्यक्ति मुखि भन्दा पनि सबैको साझा संस्थाका रुपमा बिकास गर्न ।
११) नेपाली कांग्रेस डडेल्धुरा भित्र देखिएको चरम असन्तुष्ट्रि र गुठगत प्रबृतिको अन्त्य गर्न ।
१२) नेपाली कांग्रेस पार्टि प्रति प्रतिबद्ध भए पार्टिले उचित मुल्याङ्कक गर्छ भन्ने भावनाको बिकास गर्न ।
१३) नेपाली कांग्रेसको १४ औं महाधिबेसनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सभापतिमा बिजयि गराउन ।
१४) डडेल्धुराबासिहरुको आर्थिक उत्थान र बिकासका लागि उचित पहल गर्न ।
१५) डडेल्धुरा बासिहरुको सेवा गर्न” ।
अाउदै गरेकाे अधिवेशनकाे चुनावि माहुल भने बढदाे देखिन्छ गुट गुटमा गएर कार्यकर्ता भेटाघाट सर्गमि दिनहु बढदाे छ ।

(Visited 135 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares