११बर्षे केटाे राजनितीमा:हरि भट्ट,६ गते उमेदवारि घाेषणा

दिपकराज भट्ट -सुदुरपश्चिमकाे पहाडि जिल्लाकाे मुटुमा रहेकाे डडेल्धुरा जिल्लामा अहिले काङ्ग्रेसकाे१४औँ महाधिबेशसनकाे माहुल तातेकाे छ । पाँच पटक प्रधानमन्त्री पाईसकेकाे डडेल्धुरा जिल्ला लाई मुख्य अाकर्षणकाे रुपमा हेरिएकाे छ। नेपाली काङ्ग्रेस डडेल्धुरा भने उसाे त तीन धारमा रहेकाे अाम नागरिककाे बुझाई छ । १४ अाैं महादिवेसनमा देउवा प्यानल बाट भने परशुराम नगरपालिकाका प्रमुख भीम बहादुर साउदले अाफ्नाे उमेदवारी भने घाेषणा गरिसकेका छन् । हरि भट्ट भने तेस्रो धार बाट यहि ६ गते सातौ अधिबेशनमा सभापतीको उमेदवारी घोषणा गर्ने सार्वजनिक गरेका छन् ।
हरि भट्ट सामाजिक संञ्जालमा लेख्छन् –  

२०३७ सालको जनमतसग्रहमा बहुदलपक्षका राम्रो पोष्टर देखेर त्यि पोष्टर हरु भित्तामा चिप्काउदा ११ वर्ष को केटा लाई नेता भनेर बोलाईन्थ्यो,त्यही केटा २०४७ सालमा बैतडी को पाटन क्याम्पस मा आई. एल पढ्दा नेबिसंघ क्याम्पस इकाई को अध्यक्ष हुँदा प्रजतन्त्र को लागि कठोर सँगर्ष गरेका, सु. प मा सर्वाधिक लोकप्रिय नेता २०४७ सालमा पाटन एयरपोर्ट मा आउँदा स्वागत भाषण गरिसके पश्चात राती विज्ञानपरियोजना को घरमा बोलाई राम्रो भाषण गर्यो तिमीले म संग डडेलधुरा भरी घुम्नुपर्छ तिमी राम्रो नेता बन्छौं, म संग्रक्षण गर्छु भन्ने आश्वस्त हुनुपायपछि एउटा राम्रो ओकील वा न्यायधीशहुने भविष्यको योजना बनाएको मेरो युबामस्तिस्क उत्साह र हौसलाले उद्देलित हुँदै राजनीतिमा होमीई २०५३ मा क्षेत्रिय प्रतिनिधि,२०५७ मा अमरगढी नगरसभापति,२०६२ मा महाधिवेशन प्रतिनिधि,२०६७ मा महासमिति सदस्य,२०७२ मा महाधिवेशन प्रतिनिधिमा कांग्रेसका कार्यकर्ता साथीले जिम्मेवारी दिए र आफ्नो बुद्धि र विवेक ले भ्याएसम्म कार्यकर्ता माझ सकेको काम गरे यस बाट उत्साहित छु।
साथीहरुले जीम्मेबारी दिसकेपछि केन्द्रीय सभापति का उमेद्वार आदरणीय श्री शेर बहादुर देउवा को निर्वाचमा प्रतिनिधि (एजेन्ट) भई जिम्मेवारी २०६७ र २०७२ मा लिँदा २०७२ मा निर्वाचन सिद्धिय लगत्तै काठमाण्डौमा आएको हावहुरी ले निर्वाचन क्षेत्र का धेरै जसो घरका टिनका छाना उडाउँदै गर्दा मैले १००० ली• को प्लास्टिक को ड्रम मा आँगलो हाले कसैले मतपत्र यताउता गर्छ भनेर। एकजना के.स किशोर सिंह राठौर तिम्रो जीवन भन्दा शेर बहादुर देउवा को सभापति विजय ठूलो हुँदैन भाग नत्र मर्छौं भन्दा नभागी २०४७ सालमा आदरणीय शेर बहादुर देउवाले तिमीलाई म नेता बनाउँछु भनेको कर्तव्य पूरा गरेको मा गौरव महसुस गर्दछु। यद्धेपी मैले परीक्षण को कसीलाई २०६४ र २०७० मा आदरणीय नेताले प्रतिनिधि सभामा डडेल्धुराबाट उमेद्वारी दिदा वाहा को निर्बाचन प्रतिनिधि भएर आफ्नो कार्यक्षमता समर्पण भाव बर्करार राखेको छु।२०६४ सालमा चत्रै १७ गते माओबादी बाट बगरपाटामा निर्घात कुटाई खादै गर्दा डडेल्धुरा कांग्रेसमा सिध्याउनै पर्ने मान्छे भनी मरणसन्न अवस्थामा पुग्दा होस वा जुनसुकै अवस्थामा होस् मैले मेरो निष्ठा र आस्था कहिल्यै डगमगाउन दिइन्। सम आदरणीय डडेल्धुरा कांग्रेसजन हरुको साथ सहयोग प्राप्त हुने उच्च विश्वास र भरोसा का साथ यही २०७८ श्रावण ६ गते(बिपी स्मृति दिवस) का दिन औपचारिक रूपमा डडेल्धुरा कांग्रेस सभापति मा आफ्नो उमेद्ववारि सार्वजनिक गर्नेछु।
सबैमा साधुबाद ।
जय नेपाल

(Visited 175 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares