नेपाली कांग्रेस नगर समितीद्धारा कृष्णपुरका नगरप्रमुख हमालको क्रियकलापप्रति ध्यानाकार्षण

कञ्चनपुर- नेपाली कांग्रेसले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालको क्रियकलापप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस कृष्णपुर नगर कार्य समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राति राति बन्द होटल गएर रक्सी माग्दै होटल संचालकलाई धम्की दिएको समाचार गोदावरी न्यूजसंगै बिभिन्न संचार माध्याममा आएपछि यसप्रति आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको हो ।

कृष्णपुर नगरपालिकाकै अभिभावक जस्तो ब्यक्तिले शक्ति र श्रोतको दुरुपयोग गरी निन्दनिय अबच्छित क्रियकलाप गरेको प्रति आपत्ति जनाउदै यस घटनाले तत्काल पदवाट राजिनामा दिन माग गरेको छ ।

यस घटनाले सिङ्गो कृष्णपुरबासीको शिर झुकाएको छ , कृष्णपुरका राजनैतिक , सामाजिक क्षेत्रमा काम गरिरहेका सम्पूर्णको अपमान हुन जस्ता कार्यहरु तत्काल रोक्न काग्रेसको माग छ । यस्ता किसिमका गैरजिम्मेवार चरित्रहिन कार्य गर्ने नगरप्रमुख सो पदमा बाहल बसिरहन नैतिक रुपमा बान्छनिय नहुने हाम्रो ठहर भएकाले तत्काल नैतिकताको आधारमा पदवाट राजिनामा गरी कृष्णपुरको स्वाभिमान बचाउन हाम्रो माग छ ।

साथै यस घटनाको बारेमा सत्य निक्ष्पक्ष छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कडा कानुनी कारबाही गर्न गराउन सरोकारवाला सम्बन्धित निकायलाई समेत जानकारी अनुरोध गरिन्छ नगर सभापति भक्त बहादुर खत्रीद्धारा हस्ताक्षित विज्ञप्तीमा भनिएको छ ।

नगरप्रमुख हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोप लगोको छ ।

उनले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको आरोप लागेको हो ।

(Visited 82 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares