खोपको व्यवस्था नगरी जबरजस्ती बिद्यालय संचालन गर्न खोजे आन्दोलन गर्ने चेतावनी

कपिल देब भट्ट/दार्चुला:-नेपाल शिक्षक महासङ्ग जिल्ला समिती दार्चुलाले खोप व्यवस्था बारे जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ।बिश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिमबाट सुरक्षित रहन खोप लगाउने व्यवस्था रहेकोमा बिद्यालय जस्तो भिडभाड हुने क्षेत्रमा काम गर्ने शिक्षक कर्मचारी सरकारको प्राथमिकतामा नपरेको नेपाल शिक्षक महासंघ जिल्ला समिति दार्चुलाले जनाएको छ।यस्तो जोखिमको अवस्थामा पनि शिक्षक कर्मचारीहरुले परिक्षाफल निर्माण,विद्यार्थी भर्ना जस्ता कार्यहरू गरिरहेका छन।

नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष राजेश सिह सामन्त र सह अध्यक्ष बिनोद सिह कुवरको हस्ताक्षरित पत्रमा भनिएको छ।”खोप नलाएकै अवस्थामा काम गरिरहेका दार्चुला जिल्लाका सम्पुर्ण शिक्षक,बिद्यालय कर्मचारी र अठार बर्ष पुगेका विद्यार्थीहरुलाई समेत कोभिड १९ संक्रमणबाट सुरक्षीत गर्न जिल्लालाई प्राप्त खोपबाट यथासिघ्र खोप लगाउने व्यवस्थाका लागि विशेष आग्रह गरिन्छ।जिल्लालाई प्राप्त खोप अपुग भएमा माग गरि व्यवस्था मिलाउन आग्रह गरिएको छ।”साथै कोभिड १९ विरुद्धको खोपको व्यवस्था नभएमा नियमित बिद्यालय संचालन गर्न नसकिने जनाइएको छ।जबर्जस्ती बिद्यालय सन्चालन गर्न खोजिए आन्दोलनमा जाने चेतावनी पत्रमा उल्लेख गरिएको छ।

बिद्यालय शिक्षक र कर्मचारीलाई ओलि सरकारले विभेद गरेको भन्दै सामाजिक सञ्जालमा बेलाबेला टिकाटिप्पणी हुने गरेको छ।यसभन्दा अगाडि शिक्षकहरुले टिकटकबाट आन्दोलन गर्न थालेको बिषयले निकै चर्चा पाएको थियो।नेपाल शिक्षक महासङ्ग जिल्ला समिति अध्यक्ष तथा राष्ट्रिय मा वि दत्तुका प्रअ राजेश सिह सामन्तले समेत टिकटक बाट आन्दोलन गरेका थिए।

(Visited 92 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares