प्राकृति_बिपत्ति_काे_निम्तो_मानब_आफै_दिन्छ

सम्पूर्ण मानव याे माहामारी र प्राकृतिक विपतकाे समना गर्दै सुरक्षित रहनु हाेला,पिडित पक्षमा राहत मिलाेओस्,मृतक परिवार प्रती भाबुक पुर्ण श्रद्धाञ्जली ब्यक्तगर्दै, #प्राकृति_बिपत्ति_काे_निम्तो_मानब_आफै_दिन्छ ।

प्राकृतिक प्रकाेप भन्नाले मानवीय जिबनलाइ जोखिम मा पर्ने महान तीव्रता को घटनाहरु को श्रंखला भनिन्छ । प्राकृतिक प्रकोपहरुले याे नाम मात्रै पाप्त गर्दछन् जब घटनाले असुरक्षाकाे स्थितिमा जनसंख्यालाई प्रभाव पार्द छ। सीमित स्रोतसाधनलाइ प्रभाबकरी ब्यबस्थापन गरि प्रकोप न्यूनीकरण गर्न बडो ठुलो सुझबुझ र बुद्धिमतापुर्ण बिवेककाे आवस्यकता छ। यस्तो माहामारि जाेखिम मा नेपाल सरकारले पनि विपत ब्यबस्थापन कार्यविध २०७४ बमोजिम बिकास निमार्ण का काम लाई अगाडि बढाउने सके केही कमि हुनसक्छ ।

प्राय जस्तो बिपत्ति निमन्त्रणा मानव अफै गर्दछ जस्तै : अनियन्त्रित र अपमानजनक प्रकृतिमा मानव हस्तक्षेप प्राकृतिक प्रकाेपकाे एक कारण हाे,किनकि पारिस्थितिक प्रणालीमा अन्धाधुन्ध परिवर्तन गरेर,धम्कीपूर्ण परिवर्तनहरु बचाउनेकाे लागि प्रेरित गरिन्छ मध्यम या लामाे अवधिमा । उदाहरण काे लागि,बन कटान,खडेरी ,केहि प्रकारका तुफान वा माैसम परिवर्तन ।मानव निर्मित पाकृतिक प्रकाेपहरु हुनछन् र त्यसैले राेक्न सकिन्छ। याे हामी मानव काे रुचि हुन सक्छः मैसम परिवर्तन। अहिलेसम्मकै डाटा हेर्ने हाे भने जताततै जङ्गल काे फडानी गरेर चाैमासे हिले सडक निर्माण मा 45% जति बन बिनास हुन्छ,मानव जिबन का आबस्यकता पूरा गर्दासमेत हामी साेतर,दउरा,काठ,घाँस तथा जङ्गल फडानी गरेर भिरालो जमिनमा खेति गर्न काे लागि गरा बनाउने प्रबृतिले हामीले अहिले बाढीपहिरो जस्ता समस्या दिनहुँ झेल्दै आइरहेका छाै,तर बिनास गरिरहने बृक्षराेपण नगर्ने हाे भने याे भन्दा पनि बढी समस्या मा हामी नेपाली जनताहरु पर्न सक्छौ,त्यसैले बिनास भएको भन्दा बढी बाेट बिरुवाहरु काे बृक्षराेपण गर्नु पर्छ। प्राकृतिक प्रकोपको नतिजा हरु प्राकृतिक प्रकोपको परिणाम प्रकोपको प्रकार, यसको परिणाम र यसकाे स्थानमा निर्भर गर्दछ तर सामान्यतया,प्राकृतिक प्रकाेपले निम्न क्षति काे कारण निम्याउँछ : १ मानव जिवनकाे घाटा २ राेगहरुकाे फैलावट ३ पुर्वधार र आवासकाे बिनास ४आधरभुत सेवाहरु काे अवरोध ५ टाेपाेग्राफीक स्थान काे रुपान्तरण ६ पानिकाे क्रममा बिचलित ७ क्षेत्रकाे इकाेसिस्टम र रुपान्तरण आदि । यिघटना उदाहरण का लागि मात्रै हुन् यस्ता घटना हरु थुप्रै छन् जाे मानव जिबनलाइ बिचल्लीमा पुर्याउन सक्छन् जस्तै: भुकम्प,ज्वालामुखि बिस्फोट,ज्वार तरंगहरु,माहामारी,ग्राउंड स्लाइड हरु,उल्का,तुफान,सिम,सुख्खा, आँधीबेहरी तथा हिमपात आदि।

 

हाम्रै देशकाे हिजोआजकै,घटनाक्रम लाई अध्यन गर्दा पनि सिन्धुपाल्चोक,म्यादी,गुल्मी ,पर्सा तथा अन्य थुप्रै जाेकिमा रहेका जिल्ला र ठुला नदिहरु सप्तकाेसी,तिनहु,कर्णाली,नारायणीतथा अन्य नदिहरु का आसपास का बस्तीमा अर्बभन्दा बढी धनजनको क्षति भइसकेको छ,कतिपय मानव काे जिबन पनि बाढी सँगै गयाे,कतिपय अलपत्र अबस्थामा छन्,यस्ता नागरिक लाई जिल्लामा रहेकाे बिपत्ति व्यवस्थापन समिति,आपत्कालिन गाेदाम घरकाे स्थापना ,मानवीय सहायताकक्षकाे स्थापना पनि नभएको हाेइन,क्षेत्रीय आपत्कालिन कार्य पनि सञ्चालन केन्द्र,सुरक्षा निकायलाई उच्च सर्तक गराइएकाे अबस्था पनि हाे । तर मुलुककाे माैसम अबस्थाले सधै सबै ठाउँमा राहात र आपत-उद्वारका कार्यलाई तीव्र बनाउने सक्ने अवस्था छैन। बिपत्त का समय नदिले,पुल,घर,बाटाेघाटाे,यातायात का सधन,धनजनकाे क्षति तथा पुरै बस्ति नै डुबानमा परेका छन् याे सबै काे करण हामी मानब स्यमनै हैँ,नदि किनाराका,बालुवा,गिठी,बाेटबिरुवा मा हानिकारक हस्तक्षेप नै यसकाे परिणाम हाे,त्यसैले सम्पूर्ण नाङ्गा डाडा,नदि किनारमा बृक्षाराेपण गरैँ बिकासका कार्य गर्दा कम बिनास हुने गरि गरउँ,भगाेल बिद्वहरु भनाइ अनुसार काे कार्य गरउँ,आफ्ना आबस्यकता पूरा गर्दा पनि पर्यावरणीय बस्तु प्रयाेग मा ख्याल गरैँ,जनचेतनामूलक कार्यक्रम काे सभाभेला गरि प्राकृति सम्पदाको जाेगेना गर्नमा अगाडि बढैँ र सम्पूर्ण सामुदायिक बनजङ्गलकाे सुरक्षा तथा निगरानी गरे यस्ता समस्या बाट वच्न सकिन्छ ।

हरियाली बनजङ्गल निमार्ण गरि यस्ता बिपत्ति बाट आफू बची अरुलाइ पनि बचाउँ।

नाम : सन्ताेष बाेहरा

ठेगान : सिखर न.पा.११ मल्लिसात,डाेटी ।

शिक्षा : +२ मा कानुन अध्ययनरत,ऋत ऐकेडेमी बसुन्धरा,काठमाडौं ।

(Visited 142 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares