कञ्चनपुरमा सर्पले टोक्दा एक पुरुषको मृत्यु

सेयर गर्नुहोस्

कञ्चनपुर,३१ जेठ । कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो ।

सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली अञ्चल अस्पताल लगिएको थियो  । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

सर्पले टोकेमा के गर्ने र के नगर्ने, के नगर्ने ?

–सर्पले टोकेपछि कपडा, डोरी र रबरले टाइट नकस्ने । कस्दा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । जसकारणले टोकेको अंगका भागको रक्तकोषिका मर्छ र कालो हुन्छ यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ ।
–सर्पले टोकेको ठाउँमा चुस्ने र कुखुरालाई विष नथुताउने । यस्तो गरेमा बिरामीको मृत्यु समेत हुनसक्छ ।
– सर्पले टोकेको भागमा ढुङ्गाले नघोट्ने, ब्लेड तथा धरिलो हतियारले नकाट्ने । यस्तो गरेमा टिट्नास हुने खतरा हुन्छ र जोखिम बढ्छ ।
–सर्पले टोकेका बिरामीलाई धामी झाँक्रीकोमा नलैजाने । बिरामीलाई यताउता लैजाँदा धेरै समय खेर जान्छ जसकारणले पूरै शरीरमा विष फैलिएर खतरा बढ्छ ।

के गर्ने ?

–सर्पले टोके व्यक्तिले कुनै टाइट कपडा लगाएको छ भने खोलिदिने ।
–टोके घाउभन्दामाथि कपडाले वा कुनै ब्यान्डेजले हाल्का बाँध्ने । ताकी रगत बग्न पाओस् ।
– सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्ने । यदि सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने ।

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *