जिप चोरेर दुर्घटना गराएको आरोपमा युवक पक्राउ

सेयर गर्नुहोस्

कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित नविन होटलको बाहिर पार्किङ गरेर राखेको बझाङको छविसपाथिभेरा-५ का खड्कबहादुर चलाउनेको बा १४ च १६४४ नम्बरको बोलेरो जिप हराएको थियो । बिहान उठ्ने क्रममा पार्किङ गरेको ठाउँमा जिप थिएन । पछि खोजी गर्दै जाँदा गोदावरीको जंगलमा जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

नविन होटलमा बसेका धामीले चलाउनेको कोठाको झ्यालबाट चाबी चोरेर जिप गोदावरीसम्म पुर्याएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।घटनामा धामी एक्लै थिए वा अरुको पनि संलग्नता थियो भन्ने विषय खुलिनसकेको उनले बताए ।

बझाङमा व्यवसाय गर्दै आएका चलाउनेले सामान लैजान धनगढी आएका बेला यस्तो घटना भएको बताए । उनले गाडीमा रहेका ल्यापटप, रेडियो, नागरिकता लगायतका सामाग्री भेटिए पनि करिब डेढ लाख नगद भने नभेटिएको दाबी गरेका छन् । चलाउनेले हालै मात्र उक्त गाडी एकजना अर्को व्यक्तिबाट २५ लाख १७ हजार रुपैयाँमा खरिद गरेका थिए । 

(Visited 29 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *