मनकारी पत्रकार : जसले गरे एक महिनाको घरभाडा मिनाहा

सेयर गर्नुहोस्

शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित पत्रकार जय बहादुर ऐरले एक महिनाको घरभाडा रकम मिनाहा गरेका छन् । बन्दाबन्दीले तीन महिना व्यापार व्यवशाय ठप्प रहेको अवस्थामा एक महिनाको घरभाडा बाफत १२ हजार रुपैयाँ मिनाहा गरेका हुन् ।

कोरोनाको सन्त्रासले विश्व नै आतंकित भएको बेला ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएको भन्दै ऐरले आफ्नो घरको सटर भाडामा लिएर बसेका ’होटेल लोकप्रिय रेष्टुरेन्ट एण्ड लज’ को भाडा मिनाहा गरिदिएको बताएका छन् ।

यस्तै होटेल सञ्चालक रमेश रावलले बन्दाबन्दीका कारण व्यापार व्यावशाय चौपट भएको अवस्थामा घरधनीले तीन महिनाको घरभाडा मध्ये एक महिना बाफतको १२ हजार रकम मिनाहा गरिदिएकोमा आफूलाई निकै राहत महसुस भएको बताए । उनले झलारी क्षेत्रका मनकारी घरधनीहरुले घरभाडामा केही छुट दिए आफूजस्तै मर्कामा परेका व्यापारीहरुलाई ठूलो राहत हुने बताएका छन् । घरधनी ऐर झलारीपिपलाडी उद्योग वाणिज्य संघका सदस्य तथा झलारी स्थित शुक्लाफाँटा खबर दैनिकका सम्पादक हुन् ।

(Visited 77 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *