सामाजिक सञ्जाल ठगी गर्ने एक जना पक्राउ

सेयर गर्नुहोस्

सामाजिक सञ्जाल ‘ह्वाट्स एप र इमो’ मार्फत चिट्ठा« परेको भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिमा–१८ का निरजकुमार सिंह रहेका छन्।

उनले २५ लाखको चिट्ठा परेको र त्यसका लागि ट्याक्स तिर्नुपर्छ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खाता, आईएमई र इसेवामार्फत रकम जम्मा गर्न लगाएर २ लाख १० हजार रुपैयाँ ठगी गरेका थिए।

सिंहलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *