अत्तरियाको सेभ हाउसलाई निर्माण सामग्री हस्तान्तरण

सेयर गर्नुहोस्

धनगढी – कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ३ अत्तरियामा रहेको सेभ हाउस निर्माणका लागि निर्माण सामग्री हस्तान्तरण गरिएको छ । इजरायल निवासी सिमा श्रेष्ठको आर्थिक अभियानबाट प्राप्त भएको करिब ७५ हजार बराबरको निर्माण सामग्री बोलन्या थली मार्फत हस्तान्तरण गरिएको हो ।

आइतबार गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन बहादुर खत्रीको रोहोवरमा थलीका तर्फबाट सविता ऐरले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई सो सामाग्री हस्तान्तरण गरेकी हुन् । अहिलेको यो समयमा पनि सेभ हाउस निर्माणका लागि विदेशमा रहेका सहयोगी दाताहरुलाई सेभ हाउसकी अध्यक्ष मलासीले आभार व्यक्त गरिन् ।

अझै पनि सेभ हाउस निर्माणका लागि बिभिन्न सहयोगी दाताहरुबाट सहयोग जुट्ने काम भईरहेको भन्दै छिट्टै सेभ हाउसको भवन निमार्ण समपन्न हुने उनले बताईन् । अहिले सो सेभ हाउसमा ५० जना बेसहारा बालबालिकाका रहेको जनाएको छ ।

(Visited 43 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *