दार्चुलाबाट एक जना कोरोना संक्रमित भागेपछि…

सेयर गर्नुहोस्

दार्चुला- जिल्ला अस्पताल दार्चुलाकोे आइसोलेसन वार्डमा भर्ना भएका एक जना कोरोना संक्रमित मंगलबार भागेका छन् । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ का १७ वर्षिय युवक अस्पतालबाटै भागेका हुन् ।

भारतको पिथौरागडबाट सोमबार नेपाल फर्किएका ती युवकको पुलघाट नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट संक्रमित पुरुष फरार भएको अस्पतालले जनाएको छ ।

अस्पतालबाटै संक्रमित भागे पछि अस्पतालले मालिकार्जुन गाउँपालिकालाई जानकारी गराएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । अहिले कोरोना संक्रमित युवक होम क्वारन्टिाइनमा रहेको गाउँपालिकाले जनाएको छ ।

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *