“रंगमन्चिय थालमा आफ्नो छुट्टै पहिचान बनाउदै चलचित्र गदगद्शाला”

 विश्व कोरोनाले थिलो थिलो परेको छ । आज हाम्रो देश पनि कोभिड १९ को यो महामारिले अछुतो छैन । यो महामारिले गर्दा मनोरन्जनका प्रभाबकारी साधन मानिने रंगमन्च र चलचित्र क्षत्र प्राय शून्य अवस्था छ ।
जताततै कोलाहाल त्रास अभावले अक्रान्त बनेको यश विषम घडिमा नाटकको बैकल्पिक उपाएको बारेमा रंगमन्चमा ठूलो बहस हुँदै पनि आएका छन । रंगमन्च र चलचित्र क्षेत्र प्रभाबित हुदा यसैलाइ आफ्नो जीवन समर्पित गरेका श्रम जिवि कलाकार हतोत्साही भएका छन । लक्डाउनका कारण शुटिङ गर्न र नाटक मन्चन हुन सक्ने कुरै भएन । तसर्थ यस्तो विषम परिश्थितिलाइ मध्य नजर गरि रंगकर्मी प्रल्हाद खरेल तथा समूह मिलेर यौटा छुट्टै स्वाद पस्कने अभिप्राय बोकि गदगद शाला निर्माण भएको छ ।
पहिलो लक्डाउन मा यसको लेखन तथा निर्माण को काम भएको थियो तर विषम अवस्थाका कारण प्रदर्सन मा भने आउन सकेन ।
उस्तै परिस्थिती उस्तै अवस्था बिध्यमान दोश्रो लक्डाउन मा गदगद शाला ओ एस आर को युटुब च्यानल बाट प्रदर्सन मा आएको छ । “लक्डाउन का कारण निम्तिएको समस्या र सर्ब साधरणले भोगेका भोगाइ हामिले प्रस्तुत गर्न खोजेका छौ” निर्माता भुपेन्द्र खड्का बताउछन । गदगद शालामा नाट्यकर्मी हरु बिस्वमणी घिमिरे ,राधा श्रेस्ठ,प्रभाकर न्यौपाने , सालिक भन्डारी , पुष्पराज अवस्थी ,सरस्वती अधिकारी लगायत बालकलाकार पल्पसा ढकालको अभिनय रहेको छ ।
“चलचित्रमा काम गरे भन्दा फरक अनुभूति भयो ड्रामा खिच्नु त्यो पनि चलचित्रको दायरा भित्र बसेर जे होस रमाइलो लाग्यो गदगद शालामा मेहेनत देखिन्छ ” छायाकार निरज कणेल बताउछन ।
त्यस्तै “हामिले रंगमन्चिय थालमा चलचित्रको परिकार पस्किन खोजेका हौ । यो एउटा प्रयोग हो यदि यो प्रयोग अर्थात रङ्गमन्चिय थालको चलचित्रका परिकार दर्शकले स्वाद मानेर ग्रहण गर्नु भयो भने हामी अरु पनि निर्माण कार्यमा जुट्नेछौ ।
” गदगद शालाका लेखक निर्देशक प्रल्हाद खरेल बताउनु हुन्छ । K.B इन्टर्टेन्ट्मेन्ट को प्रस्तुती रहेको गदगद शाला ओ एस आर बाट आउदै छ ।
(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares