शक्तिशाली चक्रवात ताउतेको प्रभाव नेपालमा पनि परेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउतेको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
ताउते कारण शुक्रबारसम्म नेपालको मौसम बदलि हुने, बर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी पनि जारि गरेको छ ।
विभागका अनुसार कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
भट्ट हाल खबरदारी न्युज साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
उनले यस अघि हिलटाईम्स, हिमालयटाईम्स र पश्चिम टुडे दैनिकमा काम गरिसकेका छन् भने हाल मध्यान्ह दैनिक र सेभेन स्टार फोर के टिभिमा कार्यरत रहेका छन् ।
बिशेष गरि पर्यटन, सामाजिक कुरुती बिरुद्ध र तथा कृषि सम्बन्धि समाचार लेख्ने गर्छन् ।