भिमदत्त स्मृति प्रतिष्टान को आयोजनामा मनाईयो ६७ औं भिमदत्त स्मृति दिवस

सेयर गर्नुहोस्

डडेल्धुरा – सुदुर पहाडको डडेल्धुरा सदरमुकाम नजिकै रहेको अमरगढि न। पा।० कारिगाउमा भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा वि।सं। १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो। उनको ६७ औं स्मृति दिवस आज डडेल्धुरा सदरमुकाम डडेल्धुरा मा रहेको भिमदत्त पन्तको शालिकमा माला अल्यापण गरिएको थियो ।

भिमदत्त स्मृति प्रतिष्टान को आयोजनामा अमरगढि नगरपालिका मेयर विपिन ओझाको अगुवाईमा माला अल्यापण गरिएको हो । स्मृति प्रतिष्टानले भिमदत्त को बलिदान र उहाको क्रान्ति का बारेमा स्थानिय राजनितिक दलका प्रमुख , समाजसेवि,पत्रकार , शिक्षा प्रेमि संग आज नै अन्तर्रकृया कार्यक्रम समेत गरेको थियो ।

उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गरेर नेपाल फर्के। डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले। त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे। उनले डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए। उनले आफूले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए।

उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो । पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा ढुबेको थियो ।
भीमदत्त पन्तले २००७ साल देखि नै आन्दोलनको सुरुवात गरेका थिए । उठ जाग रे, नेपाली नवजवान जागरे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाँउ रे आदि उनका देशभक्ति गीत पनि रहेको उनका दाजु यदुनाथ पन्त बताउनुहुन्छ । त्यस्तै स्थानीय भाषाको बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो भन्ने उनको चचिर्त गीत रहेको पन्त अझै सम्झना गर्नुहुन्छ ।

(Visited 199 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *