कोरोना : प्रदेश सरकार

अहिले विश्व नै कोरोना कहरका बिच बाचिरहेका बेला भारत सङ्गगको खुल्ला सिमानाकाले नेपाल पनि उच्च जोखिममा रहेको छ ।

देश र जनता यस्तो विकराल अवस्थाको सामना गरिरहेको समयमा जनताले नै बहुमतले बिजय बनाएर अघि बढाएका मन्त्रीहरु कोरोना कहर बिच जनताको रक्षाको लागि मैदानमा उत्रिएर को भन्दा को कम भन्दै देश र जनतालाई कोरोना कहरबाट बच्न प्रेरित गर्न छोडेर अब जनताले सरकारका मान्छे खोज्न पुलिस प्रशासनमा हाम्रा नेता हराउनु भयो ! स्थानिय सरकार , प्रदेश सरकार कता हरायो । खोजी पाउ भनी निवेदन पेश गर्नु पर्ने अवस्था देखिएको छ ।
सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री बिहिन जस्तै बनेको जनताले अनुभूति गरिरहेका छन । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जतना अपठ्यारो बाटोमा रहेको समयमा गुफा भित्र लुकेर बसे जस्तो व्याबहारले जनताले निराश बनेका छन ।

‌सुदुर पश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च चपेटामा परेको छ । खासगरि यहाँका दुई खुल्ला सिमानाका गौरिफन्टा र गडाचौकि नाकामा खुल्ला आवत जावत , सरकारले नेपाल भित्रिनेहरुको उचित व्यवस्था , समय मै परिक्षण गर्न नसक्नु , भारतबाट आएका नेपालीहरु सोझै घर जानू र सरकारमा हरेका मन्त्री , स्थानीय तह र प्रदेश सरकारले व्यावस्थापनमा चासो नदिदा अहिले दिनानुदिन प्रदेशका संक्रमण र संक्रमणबाट मृत्युदर पनि वृद्धि भैरहेको छ ।

त्यसमाथी प्रदेशका मुख्यमन्त्रीले नै “आकाशको फल आँखा तरि मर ” भन्ने जस्तो व्यवहारले जनतालाई झन निराश बनाएको छ । अहिले जनताले प्रदेशमा मुख्यमन्त्री पनि छन् र ? भन्ने अवस्था सिर्जना गरेका छन । पहिलो चरणको कोराना कहरका बिच एका एक बेपत्ता भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उहिलेको पुरानो सस्कृती लोप भए झै लोप हुँदै गए । तर जब प्रधानमन्त्री केपि शर्मा ओलिले सरकार विघटन गरे तब हाम्रा मुख्यमन्त्री सहितको टोलि धनगढीको सडकमा माक्स र कोरोना छ भन्ने अनुभुती पनि नहुने गरि देखिए , अनि नाना थरी भासण , त्यो स्टेजमा उभिएर बोलेको चर्को आवाज , क्षमता भन्दा धेरै आश्वासन तब लाग्यो कि हाम्रो मुख्यमन्त्री जनताको लागि दोस्रो जन्म लिएर पुराना कुरा बिर्सेर अब जनताको लागि सचिकै केही गर्न आउनु भयो , तर अहिले अवस्था हेर्नुस् त “हात्ती आयो हात्ती आयो फुस्स !”
प्रदेश कोरोना कहरको दोस्रो लहरमा छ । संक्रमण दर तिब्र रुपमा फैलिदै , कोरानाका बिरामी अस्पतालमा वेड नपाएर घर फर्किदै छन । अक्सिजनको अभावले मानिसहरु उपचार सम्भव हुँदाहुँदै पनि अकालमै ज्यान गुमाई रहेका छन ।

प्रदेश सरकार जनताका लास गन्न र जनता कसरी जीवन र मृत्यु सङग सामना गरिरहेका छन भनेर तथ्यांक संकलन गर्न प्रदेश सरकार बनेको हो त ?के सुदुरपश्चिममा प्रदेशमा पनि सरकार छ र ?
छ भने कहाँ छ ?
जनतालाई निराश बनाएर विश्व भ्रमणमा निस्केको होला त ! कि त रामायणको काहानी झुटो साबित गर्न कुम्भकरको छ महिना सुत्ने , छ महिना बिउझिने रिकोड टोड्न ओछ्यानमा सुतेका छन । जनतालाई गाह्रो हुँदा लोप हुने तर आफ्नो घर भत्किए “हामी यता छौ” भन्दै हिड्न सरकारको यस्तै अवस्था रहने हो भने त एक दिन विश्वको सबैभन्दा सुत्ने र लुट्ने देश कुन हो भन्दा नेपाल उत्तर हुनु कुनै नौलो कुरा नहोला ।

सुदुरपश्चिम प्रदेश सरकारको आलोचना
प्रदेश सरकार वेपत्ता भए संगै जनताले खोजी गर्न थालेका छ्न । अहिले बिहान चिया पसल , साझ भट्टी , निषेधाज्ञाले घर मै बसेका आमजनताले प्रदेश सरकार कता गयो ? किन चुप लागेर बसेको छ ? के अब जनताको जीवन बचाउन प्रदेश सरकारलाई जनताले ठेक्का सम्झौता गरेर कमिसन दिनु पर्ने हो त ? सरकार सङ्ग बजेट नभएको त होइन नि ! जनताको पैसा जनता मै लगानी गर्न सरकारले आफ्नो पुस्तेनी बाउ बाजेको सम्पती सक्किए जस्तो ब्यवहार किन देखाउदै छ ? सक्छौ भने जनताको मन जितेर देखा होइन भने काम छैन भन्ने जस्ता प्रश्न जनताले सरकार माथी गरिरहेका छन ।
आफ्नो कबिता मार्फत गोबिन्द्र रिजाल लेख्छ्न ।
एकाबिहानै,
अखबार आईपुग्यो
थप एकथान निराशा बोकेर
अस्पतालमा बेड छैन ।।

लौ रोगीहरू हो, संक्रमितहरू हो
संभावित संक्रमितहरू हो
घरमै स्वास्थ्यलाभ गर्नु
अलिकति अक्सिजन चाहिए
उ त्यहाँ पर जानु
खोला छेउमा
ठिङ्ग उभिएको छ बूढो रूख
र अक्सिजन खानु त्यही रूखको
किनकी,
अचेल वस्तिहरूमा रूख उम्रिदैनन
उम्रिन्छन त केवल घरहरू ।।

कोरोनाले जेलेजस्तै
जेलेको छ त्यही रूखलाई गुर्जोले
एक गिलास मनतातो पानीमा
त्यही गुर्जो खानु,
अलिकति टिमुर र बेसार खानु,
थोरै अकबरे खुर्सानी खानु,
डकार्नु, ख्वाक्क खुक्क गर्नु
तर अस्पताल नआउनु
किनकी,
अस्पतालमा बेड छैन ।।

बेड थप्ने त भनेकै हो
तर के गर्नु ?
जग्गा खोज्दा खोज्दै,
बजेट जोड्दा जोड्दै
बटुल्दा बटुल्दै धोक्रो अक्सिजनको
यताउति मिलाउँदा मिलाउँदै
साँझको पाहुना जस्तै
फुत्त आईदियो त कोरोना
सोध्दै नसोधी
अनि, कहाँबाट हुन्छ ?

महाशय,
बेड छैन भन्दा भन्दै
किन आउनु पर्ने तपाईलाई ?
के अस्पताल तपाईको मावली हो ?
ससुराली हो ?
पार्टी प्यालेस हो र अस्पताल
पुरानो कोटमा आईरन दलेर
भोज खान आउनु पर्ने ?
कि डाँडामाथिको रेष्टुरेन्ट हो ?
कुहिरो भित्रको सगरमाथा नियाल्दै
चुस्कि लिनुपर्ने सेन्टिलाईजरको ?
अतिथि गृह पनि त होईन अस्पताल
हाम्रो निम्तोबिनै
किन आउनु पर्यो र ?

कृपया,
मुखमा मुखेला लगाउनु
भट्टीपानी दल्नु हातमा
टाढै बस्नु अर्काको संसर्गबाट
व्यायाम गर्नु, योगा गर्नु
भिडभाडमै किन जानु पर्यो र
बस, यति गरेपछि
अस्पताल आउनै पर्दैन
एकथान म्याट्रेस, थर्मस
अनि कुरुवा बोकेर
किन आउनु र अस्पताल
मैले भनि सकेपछी
डाक्टर छैन,
नर्स छैन,
अक्सिजन छैन
अस्पतालमा बेड छैन ।।

बरिस्ठ पत्रकार दीर्घराज उपाध्याय आफ्नो फेसबुकमा लेख्छन ।
मान्छेको मृत्यु अभिलेख राख्ने आँकडा होईन । र सरकारको काम आफ्ना नागरिकको लाश गनेर बस्ने होईन ।
आज यति जनाको मृत्यु भयो, तिमी तथ्यांक पस्केर हरेक दिन आफ्नो दायित्व निर्बाह गरेको ठान्छौ । तिम्रा लागि मान्छेको मृत्यु आँकडा मात्र भयो होईन ।
कोरोनाको संक्रमणबाट प्रियजन गुमाएकालाई सोध एउटा मान्छेको मृत्यु कति पीडादायी हुन्छ ? बा गुमाएका छोराछोरीलाई सोध, मृत्यु कति भयावह हुन्छ ? जसले भरपर्दो ओत र भरोसा छिनेर लग्यो । पति गुमाएकी पत्नीलाई सोध,जसको, अमिलो आँशु बग्दा बग्र्दै आँखा धमिलो भएको छ । जसले छातिमा टासिएर रुन पाएनन । जसले प्रियजनको अन्तिम अनुहार हेर्ने पाएनन । जो जान पाएनन, प्रियजनको मलामी । जसले प्रियजनको अन्तिम संस्कारमा चढाउन पाएनन, पुष्पगुच्छा र अगरबत्ती ।
सरकार, यो मृत्यु कोरोनाले दिएको होईन, यो तिम्रो अकर्मण्यताले दिएको हो ।
५० करोड रुपैया मन्दिर, त्यो पनि व्यक्तिगत देउथानहरुमा खर्च गर्दा त्यसको आधा २५ करोड रुपैया अक्सिजनमा खर्च गरेको भए, यस्तो अवस्था आउने थिएन ।
कोराना महामारी तिम्रो अकर्मण्यताले निम्त्याएको परिणाम हो । यो महामारी होईन,सरकार तिमीले गरेको मानवता बिरोधी अपराध हो ।
संभाव्यता अध्ययन, त्यो पनि मन्दिरकै नाममा गर्यौ, पाताल भूमेश्वरकै नाममा दुइटा वटा संभाव्यता अध्ययन गर्यौ । त्यो पनि १० लाख रुपैयाको । त्यस्ता दर्जनौ संभाव्यता अध्ययन, जसको कुनै अर्थ छैन, जसको रिपोर्ट थनक्याएका छौ, दराजमा, त्यस्ता अध्ययनका नाममा १० करोड रुपैया भन्दा बढि खर्च गर्दा, महामारीको दोस्रो लहर पनि आउन सक्ने संभावनालाई किन बुझेर बुझ पचायौ ?
संभाव्यता अध्ययनमा आफ्ना नातागोता र आफन्तलाई पोस्न खर्च गरेको रकमले नौ वटा जिल्लामै अस्पतालहरुको बेड थपेको भए, यतिबेला संक्रमितहरु घरमै थन्किने थिएनन, अस्पतालमा आएपनि भुईमा बस्न बाध्य हुने थिएनन ।
सरकार अव छोडिदौ, लाश गन्न, पस्किन छाडिदेउ, मृत्युको तथ्यांक । यो तथ्यांक सुनेर बरु बाँच्ने आस पलाएकाहरुको पनि मृत्यु भईरहेको छ, त्रासमा ।
सक्छौ,अस्पतालमा आईसियु र भेन्टिलेटरको आस छोडिसकेका संक्रमित र तिनका आफन्तहरुलाई एकथान अक्सिजन उपलब्ध उपलब्ध गराई देउ ।
आफै संक्रमित भएर दिनरात नभनी अस्पतालमा खटिएका स्वास्थ्यकर्मी, जसले हरेक पल मृत्यु भोगिरहेका छन् । तिनलाई अलिकति भएपनि ढाडस देउ । भत्ताको आस त देख्न छोडिसके । एकथान पीपीई, मास्क, पञ्जा र ग्लोब्सको व्यवस्था गरिदेउ ।
सक्दैनौ भने, बन्द गरिदेउ, अस्पतालका ढोकाहरु ।
त्यहाँ गए पनि मर्ने, घरमै बसेपनि मर्ने । मर्नकै लागि किन जानु अस्पताल ?

                                                                                                 लेखक: जनक महरा

(Visited 3,523 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares