पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका देशहरुमा ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बिया छन् । ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैबीच डब्ल्यूएचओका प्रमुखले कोरोना महामारीको असर विश्वले दशकौंसम्म महसुस गरिरहने बताएका छन् ।

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *