कैलालीको गोदावरी नगरपालिका १० मा एक बृद्ध मृत फेला

सेयर गर्नुहोस्

कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा मृत फेला पर्नको सख्या बढिरहेको छ । यस अघि केही दिन पहिले सोही वडामा एक महिला मृत फेला परेकी र आज पनि एक बृद्ध मृत अबस्थमा फेला परेका छन् ।

वडा नं १० मा रहेको धाइया सलानी सामुदायिक वनमा स्थानिय ६६ बर्षिय चन्द्र सिं कोली मृत फेला परेका हुन् ।

घरवाट गएको लामो समय सम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरुले खोज्ने क्रममा आज साझ साढे ५ बजेतिर कोली रुखमा झुण्डिएको अबस्थामा फेला परेका थिए ।

मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुुर बिष्टले जानकारी दिए ।

यस अघि केही दिन पहिले सोही वडा नं १० वलानीमा मा २२ बर्शिया लक्ष्मी साउँद मृत फेला परेकी थिइन् ।

(Visited 136 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *