अमरगढी लगायतका स्थानिय तहकाे साझेदारिमा जनचेतना जगाँउदै डडेल्धुरा प्रहरी

सेयर गर्नुहोस्

सचेत गराउदै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा: स्थानिय सरकारकाे साझेदारी

दिपकराज भट्ट / डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिभिन्न सार्बजनिक स्थानहरुमा जनचेतना मुलक होडिङ सहितका ९२ बोर्ड राख्ने काम गरेकाे छ । अपराधिक घटनाहरु न्युनीकरणका लागी होडिङ बोर्डहरु राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

स्थानिय तहहरु र व्यापारीकाे सहयोगमा डडेल्धुराका सातै स्थानिय तहका सार्बजनिक ठाँउहरुमा होडिङ बाेर्ड राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।

बाेर्डहरु स्थानिय तह, व्यवसायिकाे समुन्वय, साझेदारिमा राख्ने काम गरिएकाे हाे । बाेर्डहरु सार्वजनिक स्थल , स्थानिय सरकारका कार्यालयहरु , विद्यालयमा राख्ने गरेकाे नेपालकाे भनाई छ । यस्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा आफ्नै लगानीमा पनी बोर्डहरु राखेको छ । “शान्तिपुर्ण एबम सुरक्षित समाजका लागी” भन्ने नाराका साथ सञ्चालनमा रहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत होडिङ बोर्डहरु राखिएको हो ।

“घरेलु हिंसा तथा मानव बेचबिखन अन्त्य गरौ, सुरक्षित समाजको निर्माण गरौ, कानुन र न्याय नै सबै भन्दा माथी, शान्ति सुरक्षामा प्रहरी नै साथी” बाल बिबाह अन्त्य गराै लगायतका जनचेतनामुलक सन्देशहरु र नम्बरहरु लेखेर होडिङ बोर्डहरु राखिएका छन ।

प्रहरीको सम्पर्क नम्बर सहित राखिएका होडिङ बोर्डहरु कारण कुनै पनी अपराधिक घटनाहरु प्रहरी समक्ष पुग्ने र समुदाय–प्रहरी बिचको सम्बन्ध पनी प्रगाड बन्दै जाने बिश्वास लिईएको प्रहरीले जनाएको छ ।

हाेडिङ बार्डमा स्थानिय सरकारकाे साझेदारि :

डडेल्धुराका सातै स्थानिय तहहरुले बाेर्ड राख्ने काममा साझेदारि गरेकाे छ । जिल्ला सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले पनि याे अभियानमा साथ दिएकाे छ अमगरढीकाे बागबजार, तुफानडाडा,विद्युत राेड,पाेखरा बजार, स्याउले बजार , बगरकाेट राेडमा जनचेतना सहितका हाेडिङ बाेर्ड राखेकाे छ

नगरमा अपराधिक घटना नहुनु दिनका लागि नगरपालिकाले याे अभियानमा साझेदारि गरेकाे नगर प्रमुख विपीन अाेझाकाे भनाइ छ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *