शुक्लाफाँटाका वडाअध्यक्ष कुटेको आरोपमा थुनिएका ७ युवक धरौटीमा रिहा

सेयर गर्नुहोस्

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि हातपात गर्ने युवा धरौटीमा रिहा भएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवक जनही ५ हजार रुपैयाँ धरौट बुझाएर रिहाई भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका–८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, आन्नद सिंह ठगुन्ना,र लोकेन्द्र ठगुन्ना रहेको उनले बताए ।

गत आइतबार विहान साढे १० बजेतिर वडा कार्यालयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्रको काम भईरहेको बेला एक्कासी नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका ती युवाले वडा कार्यालयमा तोडफोड गर्दैे अध्यक्ष महरालाई कुटपिट गरेको आरेप लगाइएको थियो ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *