कैलालीको बाढीमा बेपत्ता भएका तिन जनाको शव फेला

सेयर गर्नुहोस्

कैलाली।  कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको समेत शव फेला पारेको हो।

बुधबार इश्वर शाहसंगै बेपत्ता भएका बिकको शव आज दिउसो साढे दुई बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले बताए। बेपत्ता भएका स्केल चौधरीको हिजो र ईश्वर शाहको आज बिहान शव फेला परेको थियो।

आज बिकको शव फेला परेसंगै बाढीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । कैलालीमा लगातारको वर्षाले ६ हजार बढी परिवार डुबानमा परेका छन्।

उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्।डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। 

(Visited 173 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *